काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्य कोटामा माओवादी उम्मेदवार झक्कु सुवेदी निर्वाचित भएका छन्। सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरे।
जनमत पार्टीका बालगोविन्द चौधरीले २१२ मतभार प्राप्त गरे। १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ। यसअघि महिला कोटामा कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएकी छन् ।
लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।




