राजनीति

गगन थापा भन्छन्– गिरिजाप्रसादले सुवास नेम्वाङमा त्यो जोश देख्नुभयो

पोखरा । बीपी कोइरालाको जन्मोत्सवको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा भव्य बीपी साहित्य महोत्सव आयोजना गरिएको थियो । दुई दिन अत्यन्त भव्यताका साथ कार्यक्रा चल्यो । तेस्रो दिन कार्यक्रम गर्नुभन्दा अगाडि नै मध्यरातमा हामीलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका बारेमा दुःखद समाचार आयो ।

एउटा सरल, सहज र संघर्षशील यात्री गुमाउँदै गर्दा नेपाली कांग्रेसका तमाम साथीहरू स्तब्ध भयौँ । २०६२–६३ को आन्दोलनलगत्तै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई एउटा यस्तो पात्र सम्हाल्नका लागि चाहिएको थियो । जसमा आन्दोलनको जोसमा होस पनि होस पनि । तर आन्दोलनको जोससँगै सीमित स्रोतसाधन, आकांक्षाका बीचमा दलहरूबीच रहेका भिन्नभिन्न आकांक्षाहरूको बीचमा सामन्जस्यतापूर्ण कायम गर्न सक्ने पनि होस् । त्यस्तो एउटा पात्रको खोजी भयो ।

सुवास नेम्वाङ त्यसका लागि सघनरूपी पात्र गिरिजाप्रसादले ठहर्याउनुभयो र पछि प्रमाणीत पनि भयो । पहिलो संविधानसभामा मैले उहाँसँग काम गरें । एकदमै समन्वयनकारी उहाँको भूमिका थियो । तर संविधानसभा भंग हुने बेलामा हाम्रो मासबाट एउटा गुनासो रह्यो । तपाई त संविधानसभाको अध्यक्ष । संविधानसभा भंग हुने बेलामा पनि तपाईले जुन लचकता देखाइरहनुभएको छ, यो चित्तबुझ्दो भएन् । तपाई त अलि निर्णायक हुनुपथ्र्यो । अलिकति हस्तक्षेपकारी हुनुपथ्र्यो भन्ने हामो कुरा रह्यो ।

त्योसँगै दोस्रो संविधानसभा आयो । दोस्रो संविधानसभापछि एउटा यस्तो क्षण आयो, जुन क्षणमा संविधान घोषणा गर्नुपर्ने थियो । संविधान घोषणा गर्ने बेलमा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको अध्यक्षतामा संविधान मस्यौदा समिति थियो । त्यसले संविधान निर्माण गर्ने काम तय गर्यो । तर संविधान घोषणा गर्ने क्षणमा एउटा खालको द्विविधाको अवस्था बनेको थियो । र, एक किसिमको दबाबको स्थिति पनि थियो । अहिले संविधान घोषणा नगरौँ, संविधान घोषणा गर्ने कुरा पर सारौँ ।

खासगरी बाह्य दबाबका कुराहरू थिए । त्यो बेलामा सुवासचन्द्र नेम्वाङ संविधानसभा अध्यक्ष हुनुहुन्थ्यो । उहाँको एउटा निर्णायक भूमिका रह्यो । संविधानमा के समस्याहरू छन् ? के अप्ठ्याराहरू छन् ? के कमजोरीहरू छन् ? त्यो कुराहरूलाई भविष्यमा सच्याउला । तर सुशील कोइरालको नेतृत्वमा रहेको त्यो बेलाको राजनीति थियो । यसले जसरी भए पनि संविधान घोषणा गर्नुपर्ने कुरा व्यक्त गरेको छ । यसलाई टुंगोमा पु¥याउन संविधानसभाको हैसियतमा दह्रोसँग अडिन्छु भन्ने सु्वास नेम्वाङको दृढता थियो । त्यो दृढका कारणले गर्दा हामीले संविधान निर्माण गर्न सफलता प्राप्त गर्न सक्यौँ ।

म सुवास नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु सबैको तर्फबाट । यही क्षणमा यस सन्दर्भमा पनि सम्झन चाहन्छु कि एउटा राजनीतिकर्मीको जीवनमा धेरै आरोह अवरोह, कहिले उकालो, कहिले ओरालो, कहिले रसपूर्ण कहिले निरासपूर्ण, कहिले उत्साहपूर्ण कहिले थकित । पार्टी र व्यक्ति दुबैको जीवनमा आउँछ । तर पार्टीगत व्यक्तिले भने जतिसुकै ओरालो लाग्दा पनि कहाँ गएर अडिने ? जतिसुकै थाके पनि कहाँनेर मैले विश्राम लिने भन्ने क्षण चाहिँ छुट्याउन सक्नुपर्ने रहेछ ।

हामिले अघिल्लो संविधानसभा भंग भएको बेलामा पनि देख्यौँ । तर पछिल्लो संविधानसभाको बेलामा बाह्य दबाब बनिसकेपछि बाह्य दबाबले संविधान बनेन भने नेपालको सार्वभौमिकतामा, नेपालको आफ्नो निर्णय गर्ने क्षमतामाथि प्रश्न उठ्न सक्छ भन्ने हु्नाले निष्कर्षमा पुग्न दायाँबायाँमा हेर्नै नहुने भन्ने निष्कर्षमा पुगेको सुवास नेम्वाङलाई म सम्झन्छु ।
(महामन्त्री थापाले बुधबार पोखरामा आयोजित कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *