खेलकुद

वर्षाले रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज हुदै

काठमाडौँ । बर्षाले स्थगित भएको नेपाल र युएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुदै छ ।

सोमबार टियु क्रिकेट मैदानमा लगातार वर्षा भइरहेपछि बाँकी खेल मंगलबारसम्मका लागि स्थगित गरिएको थियो ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको युएईले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो । अब आज रोकिएकै अवस्थाबाट खेलले निरन्तरता पाउने छ ।

सोमबार युएईका ब्याट्सम्यान आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

त्यस्तै यस खेलमा नेपाली बलरहरुले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् । उनले लगातार दुई विकेट लिएपछि खेल रोकिएको थियो र उनी अहिले ह्याट्रिकमा रहेका छन् ।

त्यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका छन् ।

फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको थियो । आज पनि खेल हुन नसकेमा एकदिवसीय वरियतामा अगाडी रहेका कारण नेपाल एशिया कपमा छनौट हुने छ । एकदिवसीय वरियतामा नेपाल १४औं र युएई १९औं स्थानामा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *