देश

क्रिकेट क्रेज : भीषण वर्षामा पनि नेपाली समर्थक त्रिवि मैदानमै(तस्विरहरु)

काठमाडौं । आजको दिन नेपाली क्रिकेटप्रेमीहरुका लागि विशेष स्मरणीय बनेको छ ।आजको खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

नेपाली समर्थकहरुको उत्साहलाई खेलाडीहरुले निराशामा बदलिन दिएनन् ।आजको खेल दौरान कीर्तिपुरस्थित त्रिवि मैदानको माहोल अभूतपूर्व थियो ।

यसैक्रममा नेपालले नवौं विकेट लिएको छ । नेपालका लागि ललित राजबंशीले राम्रो ब्याटिंग गर्दै ४६ रन बनाएका आसिफ खान र जाहूर खानलाई एकै ओभरमा आउट गरेका छन् ।

यस अघि युएईका ब्याट्सम्यान आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

त्यस्तै आजको खेलमा नेपाली बलरहरुले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका छन् ।

बर्षाले आजको खेल रोकिएमा भोली खेलले निरन्तरता पाउने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ । भोलि पनि खेल हुन नसकेमा एकदिवसीय वरियतामा अगाडी रहेका कारण नेपाल एशिया कपमा छनौट हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *