रिबन

चुनाव आउनै लाग्दा दलका एजेण्डा के ?

काठमाडौं । चुनाव आउन अब एक महिनामात्रै बाँकी छ । चुनावपछि बहुमत जुटाउन कांग्रेससहितका सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा सहभागी हुँदैछन् ।

एमाले पनि मधेशवादी दलहरू सहित अन्य साना दलहरूसँग चुनावी तालमेल गरेर चुनावकेन्द्रित भएको छ । दलका शिर्ष नेताहरुले आगामी सरकारको नेतृत्व गर्ने दाबी गरिरहेका बेला आफ्नो पार्टीले किन बहुमत ल्याउँनुपर्ने, किन बहुमत चाहिएको, बहुमत पाएपछि के गर्ने हो चाहिँ दलका नेताहरूले भन्न सकेका छैनन् ।

दलका उम्मेदवारले मात्र होइन स्वतन्त्र उम्मेदवारी दिएर उम्मेदवार बनेकाहरूले पनि कुनै एजेण्डामा नभएर दलका उम्मेदवारलाई आरोप लगाउँदै मत मागिरहेका छन् । दलहरू घोषणा पत्र बनाउने तयारीमा छन्, स्वतन्त्र उम्मेदवारहरू पनि प्रतिवद्धता पत्र बनाएर लिएर हिडेका त छन् । तर, उही पुराना र गर्न नसक्ने, पूरा नहुने योजना र बाचा मतदातालाई बाँडीरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *