रिबन

देश जोगाउन गठबन्धनका उम्मेदवारलाई मत दिन सभापति देउवाको आग्रह

‘काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बचाउनका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् ।

विराटनगरमा भएको कार्यकर्ता भेलामा बोल्दै सभापति देउवाले एमालेले चुनाव जिते देश वर्वाद हुने भन्दै गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताए । उनले भने,‘देश बचाउनु पनि छ र गठबन्धन जोगाउनु पनि छ । संविधानको रक्षा, समावेशी, संघीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन आवश्यक छ ।’

गठबन्धनका कारण आगामी चुनावमा टिकट नपाएकाहरुलाई गठबन्धनको सरकार बनेपछि धेरै अवसर सृजना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गर्ने उनको भनाई छ । सभापति देउवाले टिकट र अवसरको आश राखेर पनि नपाएका नेताहरूलाई गठबन्धनका उम्मेदवार जिताउनतिर लाग्न आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *