समाचार

रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *