काठमाडौँ । भरतपुर चितवनकी नवनिर्वाचित मेयर रेनु दाहाल आज शुक्रबार ललितपुरको जावलाखेलमा सवारी दुर्घटनामा परेकी छन्।
मेयर दाहाल चढेको गाडी जावलाखेलमा दुर्घटनामा पर्दा उनी सामान्य घाइते भएकी छन्। उनलाई जावलाखेलकै सुमेरु अस्पताल भर्ना गरिएको छ। अस्पतालले दाहालको स्वास्थ्यस्थिति चिन्ताजनक नरहेको बताएको छ।




