देवप्रकाश त्रिपाठी
१)चुनावमा चुनिएको हो विजयी भएको होइन, जित देखाउनुपर्ने कसैलाई छैन ! त्यसैले विजय जुलुस नगरियोस ! महानगरमा जित्नुपर्ने धेरै समस्या छन ! त्यसमा विजय पाएपछि विजय र्याली गरौंला !
२) महानगरमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने र , ठेक्का पट्टामा पारदर्शी व्यबहार गर्ने काम होस , तलब भत्ता नलिने भनेर सस्तो घोषणा नगरियोस।
३) पाँच वर्ष भित्र गरिने कार्यको बिबरण (प्रतिबद्धता ) सार्बजनिक गरियोस !
४) राजधानीलाई सभ्य, सुसस्कृत , सूरक्षित, स्वच्छ र सुन्दर बनाउन महानगरले गर्ने र नागरिकले गर्नुपर्ने सहयोग बारे स्पष्ट संहिता जारी गरियोस।
५) अतिक्रमणमा परेका सार्बजनिक जमिनको पहिचान गरि फिर्ता ल्याउने प्रक्रिया सुरु गरियोस !
६) नदी स्वच्छ बनाउने बेग्लै कार्य योजना बनोस !
७) सुकुम्बासीमूक्त राजधानी बनाइयोस !
८) फोहोर ब्यबस्थापनको स्थायी समाधान गरियोस।
९) सार्बजनिक शौचालय सर्बत्र निर्माण गरियोस !
१०) काठमाडौंमा वायुको प्रवेश पश्चिमी द्वारबाट हुनेगर्छ, धुनिबेसी नगरपालिकामा रहेका सैयौ इट्टाभट्टा र तीनवटा सिमेण्ट उद्योगले काठमाडौमा प्रदुषित वायु प्रवाह गरिरहेको छ । उक्त नगरपालिकासङ्ग विशेष सम्बन्ध स्थापित गरि त्यहाँबाट सिमेण्ट र इट्टा लगायत वायु प्रदुषण बढाउने उद्योगहरू बिस्थापित गराउन पहल गरियोस !
११) काठमाडौ प्रबेश गर्ने सवारी साधनको टायर जाँच गरि फोहोर भए धोएर मात्र प्रबेशको अनुमति दिने ब्यबस्था होस !




