रिबन

स्थानीय तह निर्वाचन : कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबारको प्रेस ब्रिफिङमा उक्त संख्या सार्वजनिक भएको हो ।

शर्माका अनुसार अहिलेसम्म ५७० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनबाट ३५२२१ जना जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। अहिलेसम्मा ८० प्रतिशतको हाराहारीमा नतिजा आएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *