रिबन

विवेक प्रयाेग गरेर मतकाे सदुपयाेग गर्न दाहालकाे आह्वान

काठमाडौं । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेकी माओवादी नेतृ दाहालले बिहान मतदान पश्चात पत्रकारसँग कुरा गर्दै 
आमभरतपुरवासीमा उत्साह देखेको बताएकी हुन् । ‘भयरहित वातवारणमा मतदान प्रक्रिया अगाडि बढ्ने विश्वास छ,’ उनले भनिन् ।

‘म उत्साहित छु, पहिलो कार्यकालको मूल्यांकन र भरतपुरको आगमी समृद्धिको खाका लागि पनि मेराे उम्मेदवारी हाे  । समग्र मूल्यांकन जनताले गर्नेछन् । सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्नुहाेला,’ उनले भनेकी छन् ।

उनले  भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *