राजनीति

नेपाली कांग्रेसमा भुवन केसी र श्वेता खड्काको प्रवेश

काठमाडौं । नेपाली कांग्रेसमा अभिनेता भुवन केसी प्रवेश गरेका छन् । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई
नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

पार्टीमा प्रवेश गर्दा प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको केसीले बताएका छन् । कला क्षेत्रको जगेर्ना कांग्रेसबाट नै हुने भएकाले नेपाली कांग्रेसमा प्रवेश गरेको उनको दावी छ ।

यसअघि पनौती नगरपालिकाको मेयर बन्नका लागि कलाकार रवीन्द्र खड्काले प्रस्ताव समेत देउवालाई राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *