काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आजबाट ५३ औं बसन्तमा प्रवेश गरेको छ । नेपालको राजनीतिक परिवर्तनमा अतुलनीय योगदान गर्दै आएको नेपाल विद्यार्थी संघको इतिहास जति गौरवशाली छ वर्तमान त्यतिनै फलदायी र भविश्य उज्ज्वल छ । वि.सं २०२७ साल वैषाख ६ गते स्थापना भएको नेविसंघले मुलत विद्यार्थीका हक हित र राजनीतिक परिर्वतनमा आफ्नो सम्पूर्ण समय र ध्यान खर्चिदै आएको छ । शैक्षिक र राजनीतिक परिर्वतनको पर्याय नै बनेको छ नेपाल विद्यार्थी संघ । जब नेपाली राजनीतिमा कालो वादल मडारिन थाल्छ तब नेविसंघको संघर्षले नेपाली समाजलाई परिवर्तनको स्वर्णिम उपहार दिदै आएको छ । कलम र मसाल अंकित रक्तरञ्जित झण्डा हातमा लिएर तरुण युवा विद्यार्थीहरु सडकमा अर्लिएपछि निकासको ढोका खुल्ने गरेको छ ।
लोकतन्त्रवादी विद्यार्थीहरुको राजनीतिक संघर्षको इतिहास धेरै लामो भए पनि नेपाल विद्यार्थी संघको विधिवत स्थापना भएको पाँच दशक हाराहारी भएको छ । पञ्चायतको बिगबिगी भएका बेला स्थापित नेविसंघको उद्घाटन सन्तनेता कृष्णप्रसाद भट्टराईले गर्नु भएको थियो । वीपी कोइरालाले शुभकामन दिनु भएको अधिवेशनको आर्थिक व्यवस्थापन शुवर्ण शमशेरले गर्नु भएको थियो । प्रहरी प्रशासनको व्यापक धरपकडका बीच नेविसंघको सम्मेलन वैषख ६ गतेदेखि ९ गतेसम्म स्वयम्भू, चोभार, पशुपातिको राममन्दिर र त्रिभूवन विश्वविद्यालयको अर्थ विभागमा सम्पन्न भएको थियो । अधिवेशनकै क्रममा सयौं विद्यार्थी नेताहरु गिरफ्तार भएका थिए । संघसंस्था खोलेको अभियोगमा नेविसंघविरुद्ध पञ्चयति सरकारले अदालतमा मुद्दासमेत दायर ग¥यो । २०२७ साल असारमा सर्वोच्च आदालतको फैसालाले वैधानिक विद्यार्थी संस्थाको रुपमा स्थिापित गरेपछि भने पञ्चायत र प्रतिगनकारी तत्वका लागि नेविसंघ फलामको चिउरा बन्यो । यस अवधिमा व्यवस्था परिवर्तको आन्दोलनमा होमिएका नेविसंघका सयौंले जीवन वलिदान गरे भने हजारौको संख्यामा बन्दी र घाइते भए ।
नेविसंघ स्थापनाकालका अध्यक्ष विपिन कोइरालादेखि वर्तमान अध्यक्ष दुजाङ शेर्पासम्म आईपुग्दा ५३ वर्षको अवधिमा २० जनाले नेविसंघको नेतृत्व सम्हालेका छन । हाल नेविसंघकै पूर्वअध्यक्ष समेत भईसकेका शेरवहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस गतिवान छ ।
नेविसंघकै छहारीबाट राजनीति सुरु गरेका देउवा पाँचौ पटकसम्म मुलुकको प्रधानमन्त्री बन्न सफल हुँनु भयो । देउवा नेतृत्वको बर्तमान कांग्रेस केन्द्रीय समितिमा पदाधिकारी र सदस्य गरी १५ जना नेविसंघका पूर्वअध्यक्षहरु छन । देउवापछि नेविसंघको नेतृत्व लिएका विमलेन्द्र निधि हाल केन्द्रीय सदस्य छन । यस अघि निधि उपसभापति थिए । विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको कार्यसमितिमा सदस्य रहेका पूर्णबहादुर खड्का उपसभापति छन । बलबहादुर केसी नेतृत्वको कार्यसमितिका महामन्त्री डा.प्रकाशशरण महत पार्टीको प्रवक्त छन । महत यस अघि सहमहामन्त्री थिए । पूर्व अध्यक्ष धनराज गुरुङ पार्टी उसभापति छन । नेविसंघको १० औं अध्यक्ष विश्वप्रकाश शर्मा पार्टीको महामन्त्री छन । पूर्वअध्यक्ष किशोरसिंह राठोर सहमहामन्त्री छन भने नेविसंघका पूर्वमहामन्त्री गगन थापा पार्टीको महामन्त्री छन ।
पूर्व अध्यक्षहरु ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद,गोविन्द भट्टराई, प्रदिप पौडेल, कल्याण गुरुङ, नैनसिंह महर कांग्रेस केन्द्रीय सदस्य छन । पूर्वअध्यक्षहरु विपिन कोइराला,केशव सिंह, गुरुराज घिमिरे, रञ्जित कर्ण भने पार्टीको वर्तमान केन्द्रीय समितिमा छैनन ।
संस्थापक अध्यक्ष विपिन कोइरालादेखि सातौं अध्यक्ष एनपी साउदसम्मका सबै नेविसंघका पूर्वअध्यक्षहरुले पटक–पटक मन्त्री बन्ने अवसर पाएका छन । विपिन कोइरालापछि नेविसंघको दुई कार्यकाल सभापति बनेका शेरबहादुर देउवा त दोस्रो कार्यकाल पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका छन । यसालाई नेविसंघले गौरवको रुपमा लिएको छ ।
पूर्वअध्यक्षहरु धनराज गुरुङ, किशोरसिंह राठोर र रञ्जित कर्ण समानुपातिक संसद बन्न सफल भए । हाल संसदमा नेविसंघका पूर्व अध्यक्षहरु पार्र्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, ज्ञानेन्द्र बहादुर कार्र्की, बालकृष्ण खाँण र समानुपातिक संसद किशोरसिंह राठोरको मात्र प्रतिनिधित्व छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा पूर्व अध्यक्षहरु ज्ञानेन्द्र बहादुर कार्की सञ्चार र बालकृष्ण खाँण गृह मन्त्री छन ।
यसै गरी महामन्त्री विश्वप्रकाश शर्मा, किशोरसिंह राठोर, गोविन्द भट्टराई, प्रदिप पौडेलले संसदीय निर्वाचनमा टिकट पाए पनि चुनाव जित्न सक्नु भएको छैन । केशव सिंह, गुरुराज घिमिरे, महेन्द्र शर्मा, कल्याण गुरु, नैनसिह महर र निवर्तमान अध्यक्ष राजीव ढुंगाना र वर्तमान अध्यक्ष दुजाङ शेर्पाले भने चुनाव लड्ने अवसर पाएका छैनन ।
नेविसंघका पूर्वअध्यक्षहरु शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, बलबहादुर केसी, एनपी सावद, धनराज गुरुङ पार्टी र संसदीय राजनीतिमै सफल मानिन्छन । पार्टी राजनीतिमा सफल देखिनुभएका प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा, गोविन्द भट्टराई र प्रदिप पौडेल जनअनुमोदित हुन सकेका छैनन ।
नेविसंघका पूर्व अध्यक्षसमेत रहेका शेरबहादुर देउवा पार्टी सभापति, धनराज गुरुङ उपसभापति र विश्वप्रकाश शर्मा महामन्त्रीको जिम्मेवारीमा छन। वर्तमान कांग्रेस केन्द्रीय समितिमा १५ जना नेविसंघ पूर्व अध्यक्षले प्रतिनिधित्व गरेका छन । वाँकी पाँच जना केन्द्रीय समिति बाहिर छन ।




