काठमाडौँ । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनलाई दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको बताइएकाे छ ।
बन्दी कानुनमन्त्री बनेपछि अहिले हाल कानुनमन्त्रीको जिम्मेवारी सम्हालिरहेका दिलेन्द्र बडूलाई भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाइने तयारी छ। सो मन्त्रालय अहिले नेतृत्वविहीन छ।
अधिवक्ता बन्दी गत फागुनमा प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्नुअघि व्याख्यात्मक घोषणा तयार पार्न सक्रिय थिए। जसका कारण एमसीसी सहजका साथ अनुमोदन मात्रै नभएर पाँच दलिय सत्ता गठबन्धनसमेत जोगिएकोे थियो ।





