नेकपा एमाले अध्यक्ष केपी ओलीलाइ दर्जन पटक भन्दा बढी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसत्तावादी मात्र होइन दक्षिणपन्थी समेत भनेर आरोपि गरिसके । उनले नेकपामा विवाद देखि बिग्रहसम्मका दुइ बर्षमा भन्न वाँकी शायद अब कुनै शब्द छैनन । र,यसको काउन्टरमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि दाहाललाइ भन्न वाँकी कुनै शब्द छैनन । शायद यी दुइ नेता कुनै स्थानमा भेट भए भने एकले अर्कालाइ मुख देखाउन सक्ने अवस्था कमै मात्र रहन्छ । तर,नेपाली वाम राजनीति यति निर्लज्ज भएको छ कि यहाँ भन्न वाँकी कुनै शब्द नभएपनि भेट हुदा गला मिलाउने,समय बदलिदा विगत विर्सेर एकले अर्काको प्रशंशा गर्ने तहसम्ममा झरेको छ । समाजवादी भनेका कम्युनिष्ट शायद पुजिवादी भएको र वैश्य युगलाइ आत्मसात गरेको यो भन्दा अनुपम उदाहरण अरु के होला र ?
यदि यसो हुदैनथ्यो भने नेकपा फुटदैनथ्यो । र,फुटेपनि यो सत्तोसराप गरेर यति ठुला नेता वस्दैनथे । अझ रोचक कुरा अर्कै छ । भन्न र सुन्न वाकी कुनै शब्द नै नरहेका वाम दलका नेता कांग्रेसलाइ चिढयाउन पर्दा भने फेरि हामी मिल्न पनि सक्छौं भनेर धम्क्याउने गरिरहेका छन । यो तुरुप सवैभन्दा बढी पुष्पकमल दाहाल प्रचण्डले खेलिरहेका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठवन्धनका नायक शेरवहादुर देउवालाइ फेरि धम्की दिएका छन । नेकपा वनाएर केपी शर्मा ओलीको सरकार ढालेका प्रचण्डले चुनावसम्मै गठवन्धन नभए सरकार ढाल्ने भनेर चुनौती दिएका छन । प्रचण्ड र माधव नेपालले देशभरबाट कुनै स्थानबाट पनि चुनाव जित्दैनन भनेर हेपेर अभिब्यक्ति दिइरहेका एमाले अध्यक्ष ओलीसंग मिल्न पनि सकिन्छ भनेर उनले कसरी भन्न सक्छन ? आफुले भन्न र सुन्न वाँकी कुनै शब्द नै नरहदा पनि त्यस्तो मानिससंग मिल्नु पर्छ भनेर यदि कसैले भन्छ भने यसको पछाडि कति मजवुरी रहेछ भनेर वुझन सकिन्छ । वास्तवमा प्रचण्डको मजवुरी के हो ?
गत चुनावमा माओवादी नेपाली कांग्रेससंग स्थानीय तहको चुनावमा मिलेको थियो । यसको फाइदा उठाउदै भतरपुर महानगरपालिकामा चुनाव जितेको थियो । तर यसपछि प्रदेश र प्रतिनिधिसभा चुनावमा भने माओवादी एमालेसंग मिल्यो । यसपटकको स्थानीय तहको चुनावमा पनि कांग्रेससंग जसरी पनि मिल्नुपर्ने वाध्यतामा प्रचण्ड छन । यदि यसरी गठवन्धन भएन भने चुनाव जित्न सकिन्न भन्ने उनलाइ थाह छ । यसैकारण उनी गठवन्धन नभए सरकार ढाल्छु भन्ने तहको घृणित वाक्य समेत वोल्न थालिसकेका छन । अर्थात उनलाइ थाह छ–नमिले चुनाव जित्न सकिन्न र चुनाव नजिते यो पुजिवादी संसदीय लोकतन्त्रमा सत्ताका खेल खेल्न सकिन्न । र,उनी सत्ता विना बस्न नसक्ने अवस्थामा पुगिसकेका छन ।
प्रचण्डको यो धम्कीले सत्ता राजनीति कति घृणित भइसक्यो भन्ने ऐना देखाइदिएको छ । नत्र आपैmले दैत्य भनेको मानिसलाइ अंकमाल गर्छु कसरी भन्न सक्छन उनी ?
कुरा यति मात्र होइन,उनको यो धम्कीले अर्को कुरा पनि उजागर गरिदिएको छ–प्रचण्ड कति पत्तुर भइसके भनेर । आफु रहेको गठवन्धन र सरकारलाइ वारम्वार ढाल्छु भनेर यदि कसैले धम्की दिन्छ भने तपाइ उसको इमान्दारिता,निष्ठामा कति भर गर्नुहुन्छ ? प्रचण्ड अहिले यस्तै पात्र भएका छन ।
र,यसका वावजुद पनि प्रधानमन्त्री शेरवहादुर देउवाले उनलाइ किन सहेर वसेका छन ? सत्ता राजनीतिका चतुर खेलाडी देउवा यसै प्रचण्डलाइ सहेर वसेका छैनन । उनलाइ राम्रोसंग थाह छ कि प्रचण्ड कतै जान सक्दैनन भनेर । अनि उनलाइ यो पनि थाह छ कि प्रचण्ड गठवन्धनविना टिक्न सक्दैनन भनेर । उनी चुनावमा कम्युनिष्ट मिल्न नदिने र फुटेको भंगालो समातेर हिडने योजनामा छन । यसो गर्दा कम्युनष्टिको भोट कम्युनिष्टले काटछन र आफु जित्न सकिन्छ । यसैकारण कांग्रेसलाइ उनलाइ सहमत गराइसके,गठवन्धनको लागि । अलिअलि फरक धार देखाउन खोजेका डा.शेखर कोइराला पनि शिथिल भइसके ।
देउवाको एउटै नीति देखिन्छ–चुनाव जित्ने र यसपछिको सरकार पनि सुनिश्चित गर्ने ।




