रिबन

इन्धनको नयाँ मूल्यसुची: खाना पकाउने ग्यास सिलिन्डरमै २७३ रुपैयाँ बढेर आयो

काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ ।

नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ । यस्तै मट्टीतेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार अब नेपाल आयल निगमलाई हालको बिक्री मूल्यअनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *