काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा भारतीय समय अनुसार दिउँसो १ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।















