काठमाडौँ । सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ मा डीआईजीहरू पन्त, सिंह र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो । तर, उनीहरुको बढुवाका लागि भएको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको थियो । त्यसपछि लोकसेवाको उजुरी सुन्ने समितिले सिफारिसमा कुनै त्रुटि नदेखिएको निष्कर्ष निकालेपछि आज उक्त निर्णय भएको हो ।




