काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने निर्णय गरेको छ । विहिबार विहान बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुने भएको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए ।
गठबन्धन बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए । सत्ता गठबन्धनको बैठक अहिले ११ बजे बस्दैछ ।




