खेलकुद

टी-२० सिरिज: मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउदै ११४ रन बनाएको हो ।

मलेसियाका लागि जुबैदी जुल्किफ्लेले सर्बाधिक ३२ रन बनाएका थिए भने कप्तान अग्मद फैजले २४ रन बनाएका थिए । त्यसैगरी मुहमद अमिरले १६, सयेद अजिजले १४, शर्भिन मुनियानदीले ९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए भने कुशल मल्ल, अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका थिए ।

जारी सिरिजमा नेपालले यस अघि पपुवान्युगिनीलाई पराजति गरेको थियो भने मलेसियाले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *