काठमाडौँ ।चीन सरकारबाट प्राप्त सीमा वारपार रेल मार्ग संभाव्यता अध्ययनसम्बन्धी प्रविधिक सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साे निर्णय गरेकाे हाे । बैठकले दुग्ध विकास संस्थाको महाप्रबन्धक पदमा संजिव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सर्लाही बलराम नगरपालिका–३ निवासी झालाई संस्थाको महाप्रबन्धक पदामा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिकमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीले यही चैत १८ देखि २७ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गरेको बताए। यससँगै सरकारले विभिन्न १४ वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णयहरु :





