राजनीति

पार्टीको सकारात्मक पक्षलाई तत्काल सम्प्रेषण गर्नुहोस्ः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए ।

समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गरे । यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस संगठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् ।

पार्टीलाई निर्वाचनमा जिताउन सहयोग गर्न पनि आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *