विचार

‘एमाले हास्य कलाकार कै पार्टी हो’

काठमाडौं । गत चुनावमा कोमल ओलीलाइ पार्टीमा भित्रयाएर राष्ट्रिय सभा सदस्य वनाइदिएका ओलीले यस पटक करिष्मा मानन्धरलाइ भित्रयाएका छन । उनले ठाडो रातो टिका लगाइदिएर स्वागत गरे अनि कमरेड वनाइदिए । अब उनी वनिन कमरेड करिश्मा । एमाले वृत्त वाहिर नायिका पार्टी प्रवेश गरेको चर्चा छ भने एमाले भित्र किन आइन यिनी ? भन्ने चियोचर्चा सुरु भएको छ ।

एमालेकै एक युवा नेतृ उषकिरण तिम्सिनाले पार्टी भित्रकालाइ थन्क्याउने वाहिरकालाइ रातो कार्पेट विच्छयाउने ? भनेर पार्टी नेतृत्वलाइ प्रश्न गरेकी छिन । उनको प्रश्न आफनो ठाउँमा छ तर करिश्मा अब कमरेड भइसकिन । कतिञ्जेल हुन्छिन भन्न सकिन्न तर उनी केवल कमरेड मात्र भने रहन्नन ।

करिस्माका अनुसार उनलाई पहिला देखिनै आफू एमालेमा रहेर राजनीति गर्ने इच्छा थियो । उनले आफू कुनै पदका लागि भन्दा पनि एमाले कार्यकर्ता हुनका लागि पार्टीमा आएको पनि जिकिर गरेकि छिन् । तर पनि गत ६ महिनामा उनले एमाले अध्यक्ष केपी ओलीलाइ वालकोट पुगेर २ पटक भेटिन । रोचक कुरा के भने मंगलवार जुन वेला करिष्मा एमाले प्रवेश गर्दै थिइन अध्यक्ष केपी ओलीले भने–यो कलाकारको पार्टी हो । केहीवेर अघिसम्म करिश्माको चर्चा थियो,अहिले ओलीको यो भनाइको चर्चा छ । के साच्चै एमाले कलाकारको पार्टी हो ?


जब एमाले अध्यक्ष ओलीको यो भनाइ सार्वजनिक भयो तब मानिसहरुले ठिक भन्यौ केपी ओली भनेर सह्राना गर्न थालेका छन । उनीहरुले यो कलाकारको पार्टी हो भन्ने वाक्यको अघिल्तिर हास्य भन्ने शब्द पनि थप्न सुझाव दिएका छन । यसो गर्दा यो हास्यकलाकारको पार्टी हो भन्ने अर्थ लाग्छ ।


यो त भयो खिसिटयुरी र मजाकको विषय तर एमालेको सन्दर्भमा केही गम्भीर सवाल खडा भएका छन । केही दिन अघि मात्र एमाले अध्यक्ष ओलीले दुइ महत्वपुर्ण कुरा गरे । उनले वामहरुसंग मिल्नुपर्छ भन्ने घनश्याम भुषालहरुको भनाइको खण्डन गर्दै यहाँ कोही वाम छैनन,के एकता गर्नु ? भने । उनले यो कति सोचेर वोले तर गम्भीर कुरा गरे । उनकै दल एमालेले आफुलाइ कम्युनिष्ट भन्छ तर अध्यक्ष ओली वाम पनि छैनन भन्छन । त्यसो भए कम्युनिष्ट कहाँ छन ?


कुनै सभा,गोष्ठीमा वोल्दा उखान, तुक्का र कथा कुथुंग्री नभनी ओली वोल्दै वोल्दैनन । उनले गम्भीर कुरा गर्दा पनि एमालेजन हास्नको लागि भनेर मुख पाएर वस्छन–जस्तो कि मदनकृष्ण–हरिवंशको प्रहशनमा हुन्छ । उनै ओलीले कोमल ओलीलाइ भित्रयाएपछि उनले राष्ट्रियसभा पुगेर कहिले गीत गाइन त कहिले कविता भनिन । अनि,त्यहाबाट निवृत्त भएको दिन लामो कुरा सामाजिक सञ्जालमा लेखेर उनलाइ बा भनिन । अरु महिला नेतृलाइ पन्छाएर राप्रपा त्यागेर ओलीको पछि लागेकी कोमललाइ केपीले तुरुन्तै सांसद वनाइदिए । रेडियोको जागीर गयो त के भो ? उनी सांसद वन्न पुगिन ।


डा.वावुराम भटटराइको फेरो समातेर राजनीतिमा होमिएकी करिश्मा मानन्धर एमाले पस्नु अघि कमेडी च्याम्पियनमा जज थिइन । सिनेमा हिरोइन भएर त उनले धेरै पटक काम गरिन । तर उमेर ढल्केसंगै ग्ल्यामर क्षेत्रमा हिरो हिरोइनको मार्केट डाउन भइहाल्छ । चलाख करिश्मा यसपछि सिनेमाबाट गीतमा मोडलिङ गर्न थालिन र यतिले पनि नधान्ने भएपछि उनी माध्यामिक तहको पढाइमा ब्यस्त भइन ।

सिनेजगतमा एउटा भनाइ चर्चित छ–नाम होस वा वदनाम,गुमान नहोस । यसकारण यस क्षेत्रमा चर्चाको लागि नायक भुवन केसीले आफनै श्रीमतीसंग डिभोर्स गरेको नाटक समेत गरे । उनकै उमेरकी करिश्माले यति चटक गरेको नवुझेको कहाँ पो हो र ? कहिले स्कुल पढने त कहिले राजनीतिमा हामफाल्ने करिश्माले जब केपी ओलीले फोन गरेर वधाइ दिएको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिन तब नै मानिसहरुले लख काटिसकेका थिए कि दाल मे कुछ काला हे । र,मंगलवारबाट उनी कमरेड भइन र भनिन–म पदको लागि एमाले पसेको होइन ।


ओलीकै भाषामा भन्ने हो भने नेपालमा वाम छैनन । झन कम्युनिष्ट हुने त कुरै भएन । त्यसो भए राजनीतिमा को छ ? फेरि ओलीकै शब्द सापटी लिऔं–यो कलाकारको पार्टी हो । उनले सही भने कि हरेक दल कवि, कलाकार,वुद्धिजीविको पनि पार्टी हुनुपर्छ तर यहा विचौलियाको मात्र पार्टी भइरहेका छन जो ठेक्कापट्टा गर्छन,सरुवा वढुवा गर्छन ।


जब राजनीति विचलित हुन्छ,सिद्धान्तहिन हुन्छ तब त्यो कि स्वार्थीहरुको भीड मात्र हुन्छ वा प्रहशन गर्ने थलो वन्छ । यसकारण पनि ओलीले ठिकै भने कि यो कलाकारको पार्टी हो र अब यहा जोडको प्रहशन हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *