रिबन

किन बोलाइयो आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा ४ बजेका लागि बोलाइएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार राख्ने गरिएको भए पनि केही बेर अघि मात्रै आज बस्ने जानकारी मन्त्रीहरूलाई दिइएको थियो ।

स्रोतका अनुसार आजको बैठकमा विभिन्न देशमा रिक्त दर्जनौँ राजदूत नियुक्तिलगायत अन्य केही महत्त्वपूर्ण निर्णय हुन सक्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *