काठमाण्डौं । प्रधानमन्त्री शेरवहादुर देउवाले एमाले नेता भीम रावललाइ एमसीसीको वारेमा झुठा कुरा गरेको भनेपछि नेता रावलले पनि जवाफ फर्काएका छन । उनले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवाले झुठा र उदण्डतापूर्ण कुरा गरेको आरोप लगाएका छन । नेता रावलले आफु मन्त्री हुदा एमसिसी नआएको भन्दै देउवाले यसअघि नै ल्याएको भन्दै लामो प्रमाण पेश गरेका छन ।





