रिबन

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानन्यायाधीशमाथीको महाअभियोगबारे छलफल गर्ने दिन तोकिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको ११औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले (सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८) पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सम्भावित कार्यसूची छ ।

तर आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राख्ने भएको छ । लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको एमालेले माग पुरा नभएको जनाएका् छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ । अन्यथा, सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *