रिबन

ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कोन्ज्योसोम गाउँपालिका -४ नल्लुको एउटा घरमा अचेत अवस्थामा भेटिएकी २ दिनको नवजात शिशुको अस्पतालमा मृत्यु भएसँगै मृतककाे संख्या पाँच पुगेको हाे ।

त्यसअघि आफ्नै घरभित्र आज बिहान ४ जना मृत अवस्थामा फेला परेका थिए । गम्भिर अवस्थामा भेटिएकी शिशुलाई भने उद्धार गरी उपचारका लागि पाटन अस्पताल ल्याउँदा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, उनका छोरा २२ वर्षीय सुभाष स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र नाति २ दिनको नवजात शिशु रहेका छन्।

उनीहरुको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएकाे छ। हाल फरेन्सिक चिकित्सकसहित प्रहरी टोली अनुसन्धानका घटनास्थलमा खटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *