एजेन्सी । रुसी सेनाले युक्रेनमा गरेको आक्रमणबाट १३७ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले १३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन्।
आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका बिबिसीले जनाएको छ ।
रुसी सेनाले युक्रेनमा उत्तर, पूर्व र दक्षिणी क्षेत्रबाट पूर्ण शक्तिकासाथ आक्रमण गरेको थियो ।
युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ।
युक्रेनी राजधानी किभ र त्यस वरपरका क्षेत्रबाट करिब एक लाख मानिसहरु बाहिरिने प्रयास गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
युक्रेन र रुसबीचको द्वन्द्वले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
बिहीबार एकै दिन ११ अंक बढेर कच्चा तेलको भाउ एकैदिन १ सय ५ डलर पुगेको छ । यसको प्रत्यक्ष असर नेपालमासेमत पर्ने देखिन्छ।




