काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल आज पनि हुने भएको छ ।
संसदमा टेबुल भएको एमसीसी पारित गराउनेबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान देउवा र ओलीबीच छलफल हुने भएको हो ।
यसअघि बिहीबार पनि बालुवाटारमा प्रधानमन्त्री देउवा र ओलीबीच वार्ता भएको थियो । त्यसक्रममा ओलीले आफ्ना पुरानै अडान राखेका थिए ।
आफ्नो दलले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदहरुलाई कारवाही या सभामुखको राजीनामा हुनुपर्ने ओलीले सर्त राखेका थिए ।
वार्तामा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएर अनुसार नेकपा एमालेका माग सम्बोधन नभएसम्म अन्य विषयबारे सोच्नसमेत नसकिने अडान ओलीले राखेका थिए ।




