रिबन

आज प्रतिनिधिसभा बैठक, अघि बढ्ला एमसीसी ?

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज दिउँसो १ बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्ने कार्यसूची रहेको छ । यसअघि बिहीबार बसेकाो संसद बैठक दलहरुबीच सहमति हुन नसक्दा आजका लागि स्थगित गरिएको थियो ।

सरकार जुनसुकै हालतमा पनि संसदबाट एमसीसी पारित गर्न लागि परेको छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन् । बिहीबार भएका छलफलमा नेपाली कांग्रेस र एमाले सहमतिको नजिक पुगेको बताइएको छ ।

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान दोहोर्यााएको छ । यसप्रति सरकार सकरात्मक रहेको बताइएको छ ।

एमसीसी पास गराएरै छाड्ने अडान लिएको कांग्रेसका कतिपय नेताहरुले वर्तमान सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिसकेका छन ।

माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ता भने एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *