रिबन

प्रचण्ड, माधव र यादवबीच सिंहदरबारमा छलफल जारी

काठमाडौं। सत्ता सत्ता गठबन्धनबाहेकका अन्य दलका शीर्ष नेताहरु छलफलमा जुटेकाछन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बिहीबार दिउँसो १ बजेको प्रतिनिधिसभाको बैठक अघि छलफलमा जुट्नुभएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

बैठकमा माओवादी नेताद्वय् नारायणकाजी श्रेष्ठ र देव गुरुङ र जसपा नेता अशोक राई पनि छन। संसदमा प्रस्तुत भइसकेको एमसीसी परियोजना आजको बैठकमा छलफलको प्रस्ताव अगाडि बढाउने कार्यसूची तय भइसकेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । यीलगायतका विषयमा उहाँहरुबीच करिब आधा घण्टादेखि छलफल जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *