विश्व

पुटिनले गरे युक्रेनमा ‘सैन्य कारबाही’ घोषणा

मस्को।रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बिखन्डनकारीकाे नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका छन् । एउटा टेलिभिजन सम्बोधनमा पुटिनले यस्तो घोषणा गरेका हुन् । 

यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए । ‘वास्तवमै युक्रेनमा सैन्य तयारी भइरहेको छ भने, म मेरो हृदयदेखि राष्ट्रपति पुटिनलाई भन्न चाहन्छु आफ्ना सेनाहरूलाई रोक्नुहोस्, शान्तिलाई मौका दिनुहोस् ।’ गुटरेसले भनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *