समाचार

लोकसेवाले स्थगित गर्‍यो सबै तहको लिखित परीक्षा

काठमाडौं ।लोक सेवा आयोगले नायब सुब्बादेखि अधिकृत तहसम्मको सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना जारी गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो।

‘सर्वोच्च अदालतबाट माघ २६ को आदेश कार्यान्वयन गर्ने शिलशिलामा पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’सूचनामा उल्लेख छ।

आयोगका अनुसार परीक्षा फागुन १३,वैशाख ९ मा शाखा अधिकृत वा सो सरह प्राविधिककाे परीक्षा तालिका थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *