रिबन

चुनावकाे मुखमा किन भटाभट फुटिरहेका छन पार्टीहरु ?

काठमाण्डाै‌ । पाच बर्ष अघि हावा चलेको थियो–पार्टी एकताको । यहि क्रममा एमाले र माओवादी जुटयो । यहि हावाले मधेशी दललाइ जुटायो र जसपा वन्यो । हुदा हुदा कतिसम्म भयो भने जन्मेदेखि विभाजनको पचास चक्कर काटेको राप्रपासमेत जुटयो । र,अन्त्यमा फुटेको विवेकशील साझा पनि जुटयो । तर,अहिले फेरि फुटको लहर चलेको छ । अदालतको परिभाषा अनुसार टुटेको नेकपा तिन टुक्रा भएको छ । दुइ पार्टी जुटदा विशाल भएको नेकपा फुटदा भने तिन वटा भएको छ । एमाले र माओवादी जुटेर वनेको नेकपा फुटदा एमाले र माओवादी मात्र भएन,एकिकृत समाजवादी भनेर माधव नेपालको अर्को दल पनि जन्मियो ।
सरकार सम्वन्धी विषयमा मत नमिल्दा अचानक मिलेको मधेशी दल अहिले फुटयो । राजपा र संघिय समाजवादी मिलेर जनता समाजवादी वनेको दुइ बर्ष पनि टिकेन । अहिले जसपा एकातिर छ भने अर्कोतिर लोसपा छ । मधेशमा जुटने,टुटने क्रम अझै जारी छ ।
फुटको श्रृंखला यहि रोकिएको छैन,यसपछि वैकल्पिक राजनीति गर्छु भनेको विवेकशील साझा पार्टी पनि फुटयो । खासगरि हिन्दु धर्म र राजालाइ हेर्ने दृष्टिकोणमा समानता नहुदा यो पार्टी फुटयो । अहिले मिलन पाण्डेले पनि निर्वाचन आयोगमा साझा पार्टी नै भनेर दल दर्ता गराएका छन ।
पार्टी अब कहिल्यै फुटाउदिन भनेर गीता छोएर कसम खाएका–कमल थापा जब राप्रपा अध्यक्षमा पराजित भए तब उनले दल नै फुटाइदिए । उनले फागुन ७ गते राप्रपा नेपाल भनेर नया दल घोषणा गरे । सरकारमै रहेको दल राष्ट्रिय जनमोर्चा पनि फुटयो भने गत चुनावमा सुर्य चिन्ह लिएर चुनाव जितेका हृदयेश त्रिपाठीले पनि दल विभाजन गरि नया दल दर्ता गरेका छन ।
विचार सिद्धान्तमा विमति राख्ने वित्तिकै नया दल गठन गर्ने चलन त चलेकै छ तर पार्टीमा उचित स्थान नहुने वित्तिकै नया दल वनाउने,अर्को दलमा जाने क्रम पनि जारी नै छ । फुटको सिलसिला प्रजातान्त्रिक पार्टीमा भन्दा कम्युनिष्ट पार्टीमा वढी देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *