रिबन

चाक्सीबारी पुगे प्रधानमन्त्री देउवा,पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई उनको निवास चाक्सीबारी पुगेका छन्।

नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्। उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिए। यद्यपि दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए।

एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा दौड धुप गरिरहेका छन्। देउवा जसरी पनि एमसीसी संसदबाट एमसीसी पास गराउने पक्षमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीकाे विपक्षमा छन्।

गठबन्धनमा कुरा नमिलेपछि देउवा गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए।

बिहेमा गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत पुगेका छन् ।सिंहका सहयोगी युपी लामिछानेका अनुसार प्रधानमन्त्री देउवा बधाई दिएर फर्किएका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *