रिबन

देउवाले बोलाए मन्त्रिपरिषद बैठक : एमसीसीबारे विशेष निर्णय हुनसक्ने

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बालुवाटारमा २ बजे बस्ने गरी आज देउवाले बैठक बोलाएका हुन् ।

आजको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा टेबुल गर्नेबारे निर्णय हुनसक्ने बालुवाटार स्रोतले बताएको छ ।

देउवाले आजै बिहान सत्तारूढ गठबन्धनको एउटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका थिए ।

दुवैको छलफलमा एमसीसीलाई अघि बढाउनेबारे छलफल भएको थियो ।आजको मन्त्रीपरिषद् बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *