राजनीति

बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन कांग्रेसः गगन थापा

काठमाडौं । सत्तासीन नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन्।

विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुंदा एउटा र सरकारमा हुंदा अर्को कुरा गर्ने पार्टी नभएको बताए। महामन्त्री थापाले भने, ‘कांग्रेस आफूलाई एमसीसी पास गर्ने कुराका अडिग छ। सत्तामा हुदा एउटा र प्रतिपक्षीमा हुदा अर्को कुरा गर्दैन।’

थापाले आफूलाई ठीक लागेको विषयमा कांग्रेस सँधै एउटै अडानमा रहने बताए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे। महामन्त्री थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन कांग्रेस। कांग्रेस सबै कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *