काठमाण्डौं । नेकपा एमालेमा नया रडाको मच्चिएको छ । भर्खर संगठन विभाग प्रमुख भएका पार्टी अध्यक्ष केपी ओलीका निकट नेता खगराज अधिकारीलाइ यो जिम्मेवारीबाट हटाउन नेता महेश वस्नेतले माग गरेका छन । केपी ओली संग निकट रहेका दुवै नेताहरु आपसमा जुध्दा नया समस्या देखा परेको हो । पार्टीको स्थायी कमिटीमा रहेका नेतालाइ संगठन विभाग प्रमुख भएर चलाउन नसक्ने भन्दै बस्नेतले पार्टीको आन्तरिक फोरममा नभइ सामाजिक सञ्जालमा नै उनलाइ हटाउनु पर्ने ७ वटा कारण पेश गरेका छन । वस्नेतले यसरी हमला गरेपछि खगराज तिलमिलाएका छन । वस्नेतले भनेका छन–छोटो समयको अनुभववाट के भन्न सकिन्छ भने तपाइ संगठन विभाग प्रमुख भएर चलाउन सक्ने ब्यक्ति होइन ।
उनले खगराजलाइ यसरी आक्रमण गर्नुको पनि खास कारण रहेको छ । नेता वस्नेतले युवा संघको हात वाध्न थालेपछि यसरी उतर्सिएका हुन । उनले खगराजमाथि लगाएको सात आरोप यस्ता छन ।
क.खगराज अधिकारी
१. पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा ९एमाले० लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन् ।
२.पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सो संग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो रु
३. युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो रु
४. संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो र ?
५. एमाले बिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथी अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो रु
६. छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन् ।
७. तसर्थ क.खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु ।




