काठमाडौं । अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पस अगाडी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्घिको विरोधमा प्रदर्शन गरेको छ ।
तत्काल पेट्रोलियम पदार्थ भएको मूल्यवृद्घि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेकार हुन् ।
प्रदर्शनका क्रममा अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्घि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनिहरुले जनाएका छन् । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाएको जनाएको छ ।
यस्तै, आयल निगमले यो सँगै अब पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल १ सय २५ कायम भएको हो ।




