राजनीति

भूत्ते भएको एमाले परित्याग गरी समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको छः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूत्ते भएको एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको वताएका छन् ।

पार्टी कार्यालयमा बिहीबार उदयपुरका २० बढी नेता तथा कार्यकर्ताहरु पार्टी आवध्द कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।

पार्टीको केन्द्रीय कार्यालयमा उदयपुरवाट प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले क्रान्तिकारी बाटोवाट विचलित भएको एमाले परित्गाग गरी हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताए ।

नेता नेपालले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने भन्दै आज सबैतिर एमाले परित्याग गर्ने र एकीकृत समाजवादी प्रवेश गर्नेको लहर चलिरहेको बताए । अरु पार्टी परित्याग गरि एकीकृत समाजवादीमा समाहित हुनेको लहर चलिरहेको छ ।

पार्टीको केन्द्रीय कार्यलयमा दिनुहँजसो पार्टीमा प्रवेश गर्नेहरुको ताँति लाग्ने गरेको उनले बताए । आफूहरुसंग इतिहासको रथ र नदिको प्रवाहलाई पछाडि धकेल्नेहरुका विरुध्द गतिशिलता हाम्रो लक्ष उदेश्य भएको भन्दै अध्यक्ष नेपालले कसैले यसको प्रवाहलाई रोकेर रोक्न नसक्ने बताए ।

उनले देश निमार्ण गर्ने अभिभारा, समाज परिवर्तन गर्ने अभिभारा अब हाम्रो काँधमा आएको, इमानदार कम्युनिष्टहरुको काधमा आएको, क्रान्तिकारी विद्रोही चेत भएका कम्युनिष्टहरुको काधमा आएको बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीहरुलाई स्वागत गर्दै उनिहरुलाई यथोचित स्थान दिने बताए ।

कार्यक्रममा एमाले परित्याग गरी मजदुर संगठनका केन्द्रीय सदश्यहरु किशोर चाम्लिङ, राजु राई विप्लब माओवादी सम्पर्क मंचका नेता सूर्यमान बम्जन लगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष एबं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पार्टी केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाको हातवाट टीका र खादा ग्रहण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *