अर्थ

सेयर बजारमा हरियाली, साताको पहिलो दिन ७८ अंकले बढ्याे बजार

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ ।

नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनील लगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।

बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्स लगायतको माग बढीरहेको छ । सरकारले स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्ने घोषणा गरेसँगै सेयर बजारमा सुधार देखिएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *