रिबन

राष्ट्रियसभा निवार्चनको परिणामले गठबन्धनमा उत्साह थपेको छः माधव नेपाल


संकल्पखबर । नेकप एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निवार्चनको परिणामले गठबन्धनमा उत्साह थपेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय आलोकनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहने बताएका हुन् ।

साथै राष्ट्रिसभा सदस्यको निर्वाचनको परिणाम पार्टीका लागि सुखद संक्रेत भएको उनले बताए ।

पार्टी प्रवेश कार्यक्रममा उनले एमाले ललितपुर जिल्ला कमिटीका पूर्व उपाध्यक्ष एवम् बागमती प्रदेश कमिटीका सदस्य श्यामकृष्ण सिलवालसहितका नेता कार्यकर्तालाई स्वागत गरेका छन् ।

बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा १९ सिटमध्ये १८ सिटमा गठबन्धनले विजयी हासिल गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारको जीतसँग राष्ट्रिय सभामा गठबन्धनको दुई तिहाई पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *