समाचार

यातायात कार्यालयमा बिचौलियाले प्रवेश गर्न नपाउने

संकल्पखबर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका छन् ।
बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन् ।

मन्त्री दाहालले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनु पर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभइ कानूनि कामलाई पनि अघि बढाएर लैजाने बताए ।

दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए ।

उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए ।

यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढीरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने मन्त्री दाहालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *