काठमाण्डौं । कोरोना संक्रमण वढदै गएपछि नेपाली सेनाले भर्ना अभियान रद्ध गरेको छ । नेपाली सेनाले मंगलवार जारी गरेको सुचना अनुसार,रिक्त रहेको विभिन्न दरवन्दीमा भर्ना छनौट प्रक्रिया रोकिएको हो । माघ ११ गते देखि अनिश्चितकालको लागि भर्ना प्रक्रिया रोकिएको छ । सेनाले अब यो भर्ना छनौट कहिले गर्ने भन्ने पनि खुलाएको छैन । ओमिक्रोन भाइरसको संक्रमणले असर पार्ने देखेपछि भर्ना प्रक्रिया रोकिएको सेनाले उल्लेख गरेको छ ।





