काठमाण्डाैं । भारतीय भाेजपुरी सिनेमाका कलाकार खेसरीलाल यादव सुनसरीको बर्जुमा गरिएकाे मेलामा नआउदा सुनसरीमा ठुलाे क्षति भएकाे छ। महाेत्सवकाे आयोजना स्थलमा दर्शकले तोडफोड मच्चाउदा ४ वटा स्कारपियो जलाइएका छन् भने ५० बढी मोटरसाईकल र स्कुटरहरु तोडफोड भएको प्रहरीले जनाएको छ। प्रशासनले मेला नलगाउन भन्दा भन्दै कोरोनाको बीचमा लगाइएको मेलाका कारण बोलाएका कलाकार नआएपछि आक्रोशित दर्शकले यति ठुलाे क्षति पुरयाएका हुन । मेलाका दर्शकले कुर्सीहरुसमेत तोडफोड गरेर आगो लगाएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले मेला नलगाउन भनेर जानकारी गराउँदा गराउँदै मेला आयोजना गरिदिँदा घटना भएको बताएका छन् ।




