काठमाण्डौं । प्रदेश वनेर काम गरेको पनि चार बर्ष पुरा भएपछि वल्ल नाम राख्न सफल भएको उपलक्ष्यमा आज सार्वजनिक विदा दिइएको छ । प्रदेशको अर्को चुनाव समेत आउनै लाग्दा सोमवार मतदान गरि प्रदेश २ ले मधेश प्रदेश भनेर आफनो प्रदेशको नाम राख्न सक्यो । उसले राखेको नाममा अनेक प्रश्न उठेका छन तर स्वयम प्रदेश २ ले भने नाम राखेको खुशीयालीमा प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
अब प्रदेश १ को मात्र नाम राख्न वाँकी रहेको छ । यस देखि वाहेक वाकी प्रदेशको नाम राखिसकिएको छ ।




