रिबन

राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं । सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठक आज मंगलबार बस्दै छ । बैठकमा स्थानीय निर्वाचन र कोरोना नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भेटवार्ता भएपछि छलफलका लागि आज राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो । बैठक आज बिहान ९ बजेका लागि तय भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । राजनीतिक समन्वय समितिका संयोजक पौडेलले बैठकमा निर्वाचनका साथै कोरोना माहामारी नियन्त्रण र पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *