रिबन

एकैदिन थप ६७३४ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

काठमाडौँ । नेपालमा थप ६७३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५७४७ र एन्टीजेन परिक्षणबाट ९८७ गरि कुल ६७३४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५.१ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०० जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४०१४ पिसिआर र ३४५१ नमुना एन्टीजेन परिक्षण गरि कुल १७४६५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८७७ पुगेका छन् । त्यस्तै आइसीयुमा १३९ जना छन् भने देशभर २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ११७२ जना छन् भने होम आइसोलेसनमा २९ हजार ७०५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *