रिबन

कांग्रेसले भन्याे-लिपुलेकमा सडक निर्माण ‘गम्भीर आपत्तिजनक’ !

काठमाण्डाैं । लिपुलेकमा भारतले सडक निर्माण गरेकाे सन्दर्भलाइ लिएर नेपाली कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेकाे छ। नेपाली कांग्रेसका दुइ महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीकाे तर्फबाट वक्तब्य जारी गर्दै सडक निर्माणलाइ तत्काल राेक्न माग गरेका छन। उनीहरूले भनेका छन-लिपुलेकमा सडक निर्माण´ गम्भीर आपत्तिजनक l अविलम्ब यो रोकिनुपर्छ l लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो l नेपालको नयाँ नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र यसमा नेपालको भोगाधिकार स्थापित गरिनुपर्छ l कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ l

पार्टीका महामन्त्रीद्वयको वक्तव्यमा सात वटा वुँदामा भारतकाे यस हर्कतकाे विराेध गरिएकाे छ।दुवै महामन्त्रीकाे हस्ताक्षर रहेकाे याे बक्तब्यमा थप भनिएकाे छ-कुटनीतिक तहबाट समाधान गर्ने गरि भएकाे सहमति विपरित सडक निर्माण भएकाे छ,याे तत्काल राेकिनुपर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *