काठमाडौँ । नेपालमा थप ३५५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २९२२ र एन्टीजेन परिक्षणबाट ६३१ गरि कुल ३५५३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.९ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले १२२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १०४९८ पिसिआर र ४५८३ नमुना एन्टीजेन परिक्षण गरि कुल १५०८१ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेका छन् । त्यस्तै आइसीयुमा ११० जना छन् भने देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ८३७ जना छन् भने होम आइसोलेसनमा १३ हजार ५०३ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १९१६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १४४९ जना, ललितपुरमा ३१७ जना र भक्तपुरमा १५० जना गरि कुल १९१६ जना संक्रमित थपिएका हुन् ।
हाल काठमाडौँ उपत्यकामा कुल ८३९६ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा ५८४२ जना, ललितपुरमा १५९१ जना र भक्तपुरमा ९६३ जना सक्रिय संक्रमित रहेका छन् ।





